४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

अाजदेखि सि–आश्वा प्रणाली लागू हुँदै, फाराम बोकेर घन्टौँसम्म लाइनमा बस्ने दिनेको अन्त्य


११ फागुन, काठमाडाैँ । धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिले अाजदेखि केन्द्रीकृत आश्वा प्रणाली (सि–आश्वा) प्रणाली लागू गरिने जनाएको छ ।

फाराम बोकेर घन्टौँसम्म लाइनमा बसी धितोपत्र खरिद गर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ । लिमिटेडका अध्यक्ष एवं नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले रसुवागढी र साञ्जेनको सीमित साधारण शेयरको बिक्री शुरु गर्न लागिएकै समयमा सि–आश्वा प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले सि–आश्वाको कार्यान्वयनसँगै लगानीकर्ताले घरमै बसेर आवेदन दिने र हप्ता दिनभित्रै शेयर बाँडफाँट गरी लगानीको प्रतिफल प्राप्त गर्ने वातावरण तयार भएको बताउनुभयो । रसुवागढी र साञ्जेनको साधारण शेयर खरिदका लागि भने विशिष्ट अवस्था भएकाले बैंक तथा वित्तीय संस्थामा नै जानुपर्नेछ ।

सि–आश्वा प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्था आबद्ध छन् । सो प्रणालीमा आबद्ध भई हालसम्म एक लाख ३९ हजार ५०२ जनाले विशेष नं ‘सिआरएन’ लिइसकेका छन् । बैंक तथा वित्तीय संस्थामा आबद्ध लगानीकर्ताले आफ्नो खातामा रहेको बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखामा गएर सजिलैसँग सिआरएन नम्बर लिन सक्नेछ ।

साञ्जेन जलविद्युत् आयोजनाका लागि सात लाख २९ हजार ७६१ तथा रसुवागढीमा आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् । साञ्जेन आयोजनाका लागि साधारण शेयर भर्न गत मंसिर २६ गतेसम्मका सञ्चयकोषका सञ्चयकर्ता र रसुवागढीका हकमा गत पुस २० गतेसम्मका सञ्चयकर्ताले पाउनेछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०६:४८