१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव भेटियाे


१६ असार, डोटी । घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव भेटिएकाे छ । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार सालनालसँगै भएको अवस्थामा शिशुको शव भेटिएको हाे ।

शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् । बेवारिसे अवस्थामा भेटिएको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार १०:५७