१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मुटु भएका सम्पादक खोज्ने ओली र मुटु भएकाले थिचिएका मोदी दुबै सञ्चार जगतबाट पीडित


-केशवी जोशी

मुटु भएका सम्पादकको खोजिमा रहेका हाम्रा प्रधानमन्त्री र मुटु भएका सम्पादकले थिचिएका भारतका प्रधानमन्त्री, दुवै सञ्चार जगतबाट पिडित भएको प्रष्ट छ । नेपाली सञ्चार जगत सरकारको आलोचनामा र भारतीय सञ्चार जगत सरकारको मुखपत्रको रुपमा काम गरिरहेको आरोप लाग्दै आएको छ । यति मात्र हैन् दुवै प्रधानमन्त्रीले मिडियाले दिएका सूचनाको खण्डन पनि गर्ने गरेका छन् । हाम्रा प्रधानमन्त्रीले आलोचना र भारतका प्रधानमन्त्रीले खण्डन नै गर्नु पर्ने अवस्था आएको छ । गलवान घाटीमा चीनी र भारतीय शैनिक बीच झडप हुदा चीनी शैनिक भारतीय भुमिमा आएको समाचार झुटो हो भनेर भारतका प्रधानमन्त्रीले खण्डन गर्नुपर्ने अवस्था त्यहाँका मिडियाले श्रृजना गरे ।

हुन त स्वाधिनताको विषयमा जुन सुकै देशका सञ्चार माध्यमले पनि आफ्नै देशको पक्ष बोल्ने गर्छन । जानि जानि प्रपोगाण्डाको कार्ड स्ट्याकिङ टेक्निक्सको बढी नै प्रयोग गरिरहेका हुन्छन् । चाहे त्यो नेपालको सञ्चार माध्य होस वा भारतको । त्यस्तो बेलामा अमेरिकाका सञ्चार माध्यमले पनि आफ्नै देशको हितमा समाचार दिने गरेका उदाहरण पनि छन् । त्यो असत्य भए पनि सत्य नै हो भन्दै जनमानसमा भ्रम निर्माण गरिदिन्छन् ।

जसलाई उनीहरुले सत्य मानछन् र, त्यबाट बाहिर आउन मुस्किल हुन्छ वा आउन सकिदैन । उनीहरु एउटा फल्स रियालिटीमा फसिसकेका हुन्छन् । अमेरिकन सञ्चार माध्यले पनि भियतनाम, इराक लगाएतका युद्घका बारेमा सत्य लुकाएर अमेरिकालाई सहयोग पुग्ने गरि भ्रामक समाचार फैलाएको आरोप छ । त्यस्तै, रसियान सञ्चार माध्यमले पनि अमेरिका विरुद्घ भ्रामक समाचार दिरहेको आरोप पनि सुनिन्छ । त्यस्तै, भारतीय सञ्चार माध्यले पनि नेपालका बारेमा भ्रामक समाचार दिनु ठुलो कुरा त होइन ।

तर, बेटी र रोटीको सम्बन्ध भएको भन्दै रटान लगाउने अनि नेपाल र नेपाली कै बारेमा भ्रम फैलाउने काम अनुचित हो । हामीले भारतीय सञ्चार माध्यमलाई गाली गर्नुको कुनै अर्थरहन्न । तर, उनीहरुले नेपालका बारेमा दिएका भ्रामक समाचारको खण्डन गर्नसक्नु पर्छ । भारतका सञ्चार माध्यहरुले दिने झुटा अर्थात फेक समाचरले भारतको राष्ट्रवाद नै खतरामा परेको बीबीसी (ब्रिट्रिस ब्रोडकास्ट करर्पाेरेसन) ले २०१८ मा गरेको एक अनुसन्धानले बताएको छ । वियोण्ड द फेक न्युज नामक उक्त अनुसन्धानमा बरिष्ट पत्रकार रविश कुमारले भनेका छन् “ मिडियाले राष्ट्रवादका नाममा लोकतन्त्रलाइ बर्बाद गरिरहेका छन् । अहिले देखिएको पनि त्यहि हो ।

प्राय जसो भारतीय सञ्चार माध्यले प्रपोगाण्डाको कार्ड स्ट्याकिङ टेक्निक्सको सधै प्रयोग गरिरहेको हुन्छ । जसमा मिडिया एक पक्षलाई असल र अर्काे पक्षलाई खराब हो भन्ने भ्रममा जनमत निर्माण गर्न तिर लाग्छ । त्यहाँ सत्य, तथ्य भन्दा पनि वाद विवादलाई महत्व दिइन्छ । कहिले जातीय, कहिले धार्मिक द्घन्द त कहिले सिमा विवादका बिषयलाई प्रमुख एजेण्डा बनाएर संस्था चलाइरहेको आरोप पनि त्यहाँका मिडियालाई लाग्ने गरेको छ । त्यहाँको सरकार भन्दा दुई पाइला अगाडि त्यहाँको मिडिया चलेको देखिन्छ । सरकारले गर्ने निर्णयको पर्वाह नै नगरि उनीहरुले जनमानसमा आफ्नो निर्णय सुनाइसकेका हुन्छन् । जस्ले गर्दा सरकारलाई सहि कुरा बाहिर ल्याउन नै कठिन हुने गरेको स्वयम त्यहाँका पत्रकार बताउँछन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमले चीनको उक्साहटमा लागेको आरोप लगाए । तर, नेपालका लागि भारतका पुर्व राजदुत राकेश शुदले बीबीसीलाई बताए अनुसार चीनले त्यस्तो सल्लाह नदिएको र यो नेपालकै विचार रहेको बताए । जब कि चीन उक्त सिमा विवाद नेपाल र भारत वीचको भनेर पन्छि सकेको छ । यहाँ निर, सञ्चार माध्यमकाे झुट र भ्रमको खेती प्रष्ट हुन्छ ।

निसान छापका लागि संविधान संसोधन भए पछि भारत सरकारले वार्ताका माध्यम बाट समस्या समाधान नहुने बताएको अपवाह फैलाए । त्यसको उत्तर भारतीय रक्षा मन्त्री स्वयमले दिएका छन् । उनले नेपाल संगको सिमा विवाद वार्ताबाट हल गर्ने बताइसके । भारतीय मिडियालाई यसको वास्ता छैन् । उनीहरुले भ्रम छर्ने काम छोडेका छैनन् । जसका कारण नेपाली र भारतीय दुवै समाज उद्वेलित भएको छ । भारत प्रति युवाहरुको आक्रोस बढ्दो छ ।

भारतीय सञ्चार माध्यमले अहिले सम्म कुनै खास प्रमाण पेश गर्न सकेका छैनन्, अथवा गर्न न खोजेका हुन ? उनीहरुले समसामयिक बिषयमा बहस गराउने नाममा आफ्नै तर्क लाध्ने गरेको प्रस्ट देखिन्छ । बिषय गम्भीर र सोचनिय छ । भारतीय मिडियाले प्रपोगाण्डा फैलाउने काम गरिरहेका छन् । विदेश नीतिका विरुद्ध बोल्दा त्यसले छिमेकी राष्टसंग कस्तो असर पर्छ भन्ने हेक्का समेत ति मिडियाहरुले राख्दैनन् । भारतीय सञ्चार माध्यले भ्रमको खेतीमात्र गर्छन भनेर भारतीय सञ्चार विज्ञहरुले आलाेचना गर्ने गरेका छन् ।

भारतकै अल्पसंख्यक, संस्थापन पक्ष विरोधी, दलित र आदिवासीका बारेमा नकारात्मक प्रचार गरिरहने त्यहाँका सञ्चारमाध्यमले मिसइनर्फोमेसन र डिसइनर्फोमेसन दिइरहेका हुन्छन् । जसले गर्दा कहिले काहि त्यहाँको सरकार समेत अपठ्यारोमा पर्ने गरेको भारत उत्तर प्रदेशका पुर्व मुख्य मन्त्री अखिलेस यादवले मिडियालाई बताएकाछन् ।

चाहे त्यो मुद्दा कासमीरको होस वा लद्दाकको उनीहरु पाकिस्तान र चीन विरुद्ध रोमाञ्चक तरिकाले सनसनी फैलाउछन् यस्तो लाग्छ कि भारत, पाकिस्तान वा चीन वीच युद्घ शुरु भैसक्यो । यथार्तमा सरकारका वीचको सम्बन्ध फरक देखिन्छ । अहिले पनि राष्ट्रवादका नाममा उनीहरुले चीनीया सेना भारतीय भुमिमा आएको भ्रम फैलाए । चीनीया सेना भारतीय भुमिमा नआएको भन्दै त्यसको खण्डन भारतीय प्रधानमन्त्री स्वयमले दिनु परेको उदाहरण ताजै छ । क्राइम र सनसनिका मुद्दा मात्रै प्रमुख बिषयमा पर्ने हुदा सञ्चारको विकासबादी सिद्घान्त ओझेलमा परेको छ । आन्तरिक रुपमा पनि यिनै मिडियाको सेल्फ प्रोपागाण्डाले ठुलै दङ्गा र आतङ फैलाउने गरेको त्यहाँका मिडिया बिश्लेषकहरुले बताउँने गर्छन् ।

२०७२ सालको भूकम्पका बेला भारतीय सञ्चार माध्यमबाट आहत भएका नेपाली अहिले फेरि भारतिय सञ्चार माध्यमबाट आक्रान्त भएका छन् । अझ भन्ने हो भने पैसा तिरेर आफ्नै देश विरुद्धका आवाजहरु सुन्नु परेको छ । टिआरपी बढाउन र सञ्चार माध्यमलाई जगाइराख्न कति सम्म गिर्ने गर्छन त भारतीय मिडिया भन्ने विषय अन्तराष्ट्रिय सञ्चार माध्यमले समेत बताइसकेका छन् ।

धेरै भारतीय सञ्चार माध्य तथ्य र तर्कमा टिकेर कुरा गर्देनन् । सत्य र भ्रमका बीच फरक देख्दैनन् । देशभित्रका मुद्दा होस् वा बाहिरी मुलुकका उनीहरु पत्रकारिताको कुनै सिद्धान्त पूरा गर्दैनन् । आ–आफ्नै सिद्धान्त र विचारमा रहेर सूचना प्रवाह गरिरहेका हुन्छन् । तर, अच्चम के छ भने प्राय सबै मिडियाको स्वर एउटै हुन्छ । जसलाई एउटाले खलनायक देख्छ, प्राय सबै मिडियाको आखाँ एउटै हुन्छ । र सबैको विचार र विश्लेषणमा भाग लिने पाहुना व्यक्ति समेत एउटै हुन्छन् ।

भारत सरकारको व्यवहारले स्तब्ध भएका नेपालीलाई भारतीय सञ्चार माध्यले झनै रुष्ट बनाउने काम गर्यो । नेपालीको स्वविवेक नै नभएको भन्ने भ्रममा भारतीय सञ्चारमाध्यम रहेका छन् । चीनको उक्साहटमा लागेर नेपालीहरु आफ्नो भुमीका बारेमा बोलेको र नक्सा ल्याएको भन्ने भ्रम छर्ने काम गरिरहेका छन् । जब कि, नेपालका लागि भारतका पुर्व राजदुत राकेस सुदले समेत यसमा चीनको हात नरहेको बताई सकेका छन् । तर, पनि भारतीय मिडियाको रटान रोकिएन ।

यसपटक उनीहरु नेपाली सेना संग भारतीय सेनाको जोडघटाउमा समेत लागे । भारतसँग संसारमै चौथो ठूलो चलायमान सेना छ । हामी समुद्र संग जोडिनका लागि समेत भारतमा निर्भर छौँ । आयातित कुराहरुमा समेत भारतको भरमा छौँ । तर, यसको कारणले आफ्नो भूमिमाथि हाम्रो दाबी गर्न नपाउने । आफ्नो नक्सामा समेट्न नमिल्ने । अहिले सबै नेपालीको साझा विचार हो यो । सुरक्षाका लागि भनेर ५८ वर्षदेखि बसेको भारतले नेपाली भूमिमा सडक बनाएर सेनापति बोल्नु नै नेपाली जनतामा भारत प्रतिको आक्रोसको विउ बन्यो ।

तर, त्यसमा घिउ थप्ने काम भारतीय संचार माध्यमले गरे । यदि, भारतीय संचार माध्यमले उक्त भुमिका भारतको हो भन्ने दस्तावेजहरू प्रस्तुत गरेको भए नेपालीहरुमा भारत प्रतिको नकारात्मक भावनाहरु बढ्ने थिएन् । तर, उनीहरुले इतिहासका दस्तावेजहरूसँग केही सरोकार नराखि भ्रामक समाचार दिए । त्यसले यो मुद्दा विश्व माझ नै आगो सरी फैलीयो । अभिनेत्री मनीषा कोइरालाले राष्ट्रको पक्षमा गरेको एउटा ट्विट नै भारतीय संचार माध्यमको कोकाहोलो मच्चाउने ब्रेकिङ न्युज बन्यो । यसले भारतीय जनतामा कार्ड स्ट्याकिङ टेक्निक्सको प्रयोग गरि भारतीय सञ्चार माध्यले भ्रम छर्ने काम गर्यो । तर, नेपालीमा त्यसको ठुलो असर देखियो ।

हामी अहिले धेरै समस्या र चुनौतीका माझमा छौँ । एकातिर कारोना माहामारी र लकडाउनले उब्जाएको भोकमरी छ । अर्कातिर धेरै बर्ष देखि भारतले भोग चलन गरिरहेको हाम्रो भुमीलाई नेपालको नक्सामा समेट्न सकिएको छ । जसले सरकारको मान बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण नै निसान छाप सहितको गुमाएको नक्सा देशले फेरि पाएकोमा दुइमत छैन् । यसमा सबै राजनीतिक दलहरु एकजुट भएको देख्दा जनतामा केही राहात पुगेको छ । सुस्ता लगाएतका दशगजा क्षेत्रमा नेपाली नागरीकले भोग्नु परेको सास्तीको बारेमा पनि सरकार अगाडि बढ्ने छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १४:००