Logo

अनलाइन शिक्षण सम्बन्धमा भएका जुम, टिम्स, गुगल मिटको प्रभावकारिता तथा विधार्थीको उपलब्धि



-प्रा डा एकारत्न आचार्य 

विस्वमा फैलिएको कोरोना भाइरस कोविड-१९ को महामारीका कारणले धेरैजसो देशहरुका बालबालिका घरमै बन्दाबंदिमा बस्नु परेको यो विषम परिस्थिति छ । धेरै संघसस्था र समुहबाट यस समयमा समयको सदुपयोग तथा अध्ययनमा निरन्तरता दिने हेतुले अनलाइन शिक्षण सम्बन्धमा भएका जुम, टिम्स, गुगल मिट लगाएतका माध्यमले चलाइएको अन्तरक्रिया, प्रशिक्षणमा धेरै उपायहरुको खोजि भएका छन् ।

मलाई लाग्छ यी कामहरुले सिकाईको प्याराडायम परिवर्तन गर्न ठुलो भूमिका खेलेको छ । अनलाइन रुपमा यमफिलका कक्षा यस समयमा अरु तहका भन्दा राम्ररि चलेको देखिन्छ किनकी विधार्थीहरु पनि परिपक्व भएका र नियमित कक्षा, स्वअध्ययनको मर्म पनि सो स्तरका विधार्थी भनौ वा शोधर्थिले राम्रोसंग बुझेका छन् ।

पिएचडीको अध्ययन भने बढि स्वअध्ययनमा नै केन्द्रित हुने र सुपरभाइजरको निर्देशन वा सल्लाह लिन फोन, इमेल, मेसेंजेर, स्काइप र यी माथि उल्लेख गरिएका माध्यमबाट पनि सहयोग र अनुभव बटुल्न सकेको देखिन्छ ।

अब स्कुल स्तरको कुरा गर्दा, सो स्तरको पठन पाठन गर्न शिक्षक तथा शिक्षिकाहरुले पनि प्रतक्ष वा अप्रतक्ष रुपमा सीप हासिल गरेको र गर्दै गरेको देखिन्छ । यसको लागि स्वत:फुर्त रुपमा व्यक्ति, समुदाय र संघसस्थाले राम्रो भूमिका निर्वाह गरेको पाइन्छ । यो राम्रो पक्ष हो, यसमा सरकारको सहयोग पनि अपरिहार्य रहेको हुन्छ ।

उपल्लो स्तरका शिक्षक, प्रशिक्षकलाई तालिम वा अन लाइनबाट कक्षा लिने सम्बन्धमा भएका ज्ञानको प्रयोग र यसको उपलब्धि के कस्तो छ हेर्नका लागि अबका यस्ता शिकाईका कार्यक्रममा स्कुल तहका तथा उच्च तहका भनी कार्यक्रमहरु स्तर निर्धारण गरेर तल्लो तहका, मध्यम तहका र माध्यमिक तहका एवं कलेज वा अन्डर ग्राजुएट गरी फरक फरक स्तरमा संचालन गर्नु पर्ने र सो स्तरका विधार्थी पनि सहभागी गराएर सानो सानो समुह (बढीमा ३० जना) राखेर पठन पाठन गरी सिकाई उपलब्धि पनि हेर्न सकेमा यसले यस्ता कार्यक्रमको प्रभावकारिता अझ बढ्ने छ भन्ने लाग्छ । साथै यसले सिकाई र उपलब्धिमा सकारात्मक शन्देश दिनेछ भन्ने देखिन्छ ।

यस्ता कार्यक्रममा प्रयोगात्मक र प्रदर्शन बिधि प्रयोग गरेमा बढि फलदायी हुने देखिन्छ किनकि भाषणले र अरु बिबिध विधिबाट हुने शिकाईमा ठुलो अन्तर हुन्छ । यसको लागि सिकाई उपलब्धिको मात्रा सगैको पिरमिडमा हेरौं।

यस सन्दर्भमा एउटा तथ्यगत स्मरण पनि उल्लेख गर्दछु, आजभन्दा करिब आठ बर्ष पहिले विद्यालय तहका विधार्थी भाइबहिनाका लागि संचालित एक दिवशीय गणित शिक्षण सामग्री प्रदर्शनमा विधार्थीबाट भएका केहि गणितीय तथ्यका प्रयोगात्मक झलक तलका फोटाहरुमा देख्न सकिन्छ । सो प्रदर्शनीमा दाङ्को एक माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको थियो। त्यसै गरी अरु विद्यालयहरुले अन्य स्थान ग्रहण गरेका थिए ।

अन्त्यमा प्रयोगात्मक शिक्षण शिकाईले पढ, भुल, लेख सम्झ र गर र जान भन्ने भनाईको पुष्टि गर्ने विश्वास छ । साथै अनलाइन र प्रतक्ष्य उपस्थितिको साथ प्रविधिले सिकाईलाई संयोजन गर्नेछ र सिकाई उपलब्धिपूर्ण हुनेछ यदि सहभागितामुलक रुपमा व्यवहारमा उतार्न सकियो भने ।

अन्त्यमा प्रयोगात्मक शिक्षण शिकाईले पढ, भुल, लेख सम्झ र गर र जान भन्ने भनाईको पुष्टि गर्ने विश्वास छ । साथै अनलाइन र प्रतक्ष्य उपस्थितिको साथ प्रविधिले सिकाईलाई संयोजन गर्नेछ र सिकाई उपलब्धिपूर्ण हुनेछ यदि सहभागितामुलक रुपमा व्यवहारमा उतार्न सकियो भने ।

( आचार्य त्रिभुवन विश्वविद्यालयको ग्राजुयट स्कुल अफ एजुकेशनको सह-निर्देशक हुनुहुन्छ) 

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १०:०७
प्रतिक्रिया दिनुहोस्