७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको ‘ढुंगा मुडा’ गीत सार्वजनिक (भिडियो)


असार १०,  काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको स्वरमा ‘ढुंगा मुढा’ बोलको गीत सार्वजनिक भएको छ। विमला हुमागाईंको शब्द रहेको गीतमा  मनोज राईले संगीत भरेका छन् ।

यस गीतमा श्रीमान श्रीमती बिचमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारिक विचलनबारे वर्णन गरिएको छ । गीतमा दृश्य सुवेदी, रविना कार्की, विमला र अंकित मल्लले अभिनय रहेको छ। गीतका निर्देशन भने आदित्य बुढाथोकीले गरेका हुन्।

प्रकाशित मिति : १० असार २०७७, बुधबार १३:५६