१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अन्ततः भ्रष्टाचारी ठहर भए निरौला, सात वर्ष कैद


१० फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डका तत्कालीन कायमुकायम कार्यकारी प्रमुख सुवास निरौला अन्ततः भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा निरौलासहित तीन जनालाई दोषी ठहर गर्दै भ्रष्टाचारी करार गरेको छ । प्रकरणमा संलग्न अन्य २० जनाले भने सफाइ पाएका छन् । अदालतले निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवानाको फैसला गरेको छ ।

तत्कालीन लेखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने वर्ल्ड वाइड ट्राभल एजेन्सीका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् । दासलाई ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार जरिवाना तोकिएको छ । विशेष अदालतले खनाललाई भने १ लाख ५४ बिगो ठहर गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार १८:५५