८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

क्लियर टिभीमा अनलाइन कक्षा सुरु


१ असार, काठमाडाैँ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले काेराेनाकाे कारण बनेकाे बिषम परिस्थितिमा बिद्यार्थीहरुको पठन पाठनमा अबरोध नहोस भनि क्लियर टिभी सेवामा ई कक्षा प्रसारण सुरु गरेको छ । ई कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित छ ।

 

कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समावेस गरि च्यानलको प्रसारण सुरू गरिएको हो । विज्ञान, सामाजिक शिक्षा, अंग्रेजी हिसाब र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई- कक्षा सोमबार देखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु गर्ने जनाएकाे छ । बिद्यार्थीका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास कम्पनिले लिएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १४:१३