४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

पर्यटन व्यवसायी संगठनका बच्चुको बेहाल, अध्यक्ष भएको २७ दिनमै उपाध्यक्षमा घटुवा


९ जेठ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एउटा गैर सरकारी संस्था(एनजिओ) पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष बच्चु नारायाण श्रेष्ठको पद गुमेको छ । श्रेष्ठले कानुनी रुपमा अध्यक्ष भएको २७ दिनमै पदमात्र गुमाएनन् घटुवा भएर सोही एनजिओमा उपाध्यक्ष बनेर माला लगाएका छन ।

वैशाख १४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको उक्त एनजिओमा व्यक्तिगत कमजोरीका कारण यसअघि उक्त अध्यक्ष हुन नसकेका सीताराम सापकोटा भने अध्यक्ष भएका छन । बुधबार बिहान काठमाडौँको दरबारमार्गमा भएको एउटा भेलाले बच्चुनारायणको घटुवा गर्दै सीताराम सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको एनजिअोको विवरण ।

सामान्यतया अध्यक्ष भएका व्यक्ति उपाध्यक्ष भएर काम गर्नुलाई नैतिकता गुमाएको मानिन्छ । अध्यक्ष भन्दा तलका पदाधिकारीमा एक पछि अर्को पदको जिम्मेवारी लिनुलाई स्वाभिवक मानिए पनि वहालवाला अध्यक्ष पदबाट हटेर उपाध्यक्षको जिम्मेवारी लिने बच्चुनारायण नेपाली एनजिओको इतिहासमा सम्भवत पहिला व्यक्ति हुन ।

यो पनि पढ्नुहोस

–एमाले निकट असन्तुष्ट पर्यटन व्यवसायीले खोले नयाँ संस्था, सिताराम सापकोटा अध्यक्ष बन्न असफल

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १३:१५