१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

तनहुँमा थप २ जना कोरोना संक्रमण पुष्टि


२३ जेठ, काठमाडाैँ । तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार ऋषिङ गाउँपालिका घर भई स्थानीय क्‍वारेन्टाइनमा बसिरहेका ३९ र ४० वर्षीय २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमित दुवैलाई तनहुँको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार ०७:२८