१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई ५ लाख दिने सरकारकाे निर्णय


२२ जेठ, काठमाडाैँ । सरकारले रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई ५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बिहिबार बालुवाटारमा बसेकाे मन्त्रीपरिषद् बैठकले वैशाख १८ गते साँझ बम विस्फोट हुँदा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिका–७ गौरीगाउँका ४ बालबालिकाका परिवारलाई जनही ५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

विस्फोटमा १४ वर्षीय नोकिराम डाँगी र गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्रीको मृत्यु भएको थियो । गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार २०:५३