८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

काेराेना संक्रमणबाट नेपालमा फेरि अर्का व्यक्तिकाे मृत्यु, मृतककाे संख्या १० पुग्याे


२२ जेठ, काठमाडाैँ । कोरोना संक्रमणबाट नेपालमा फेरि अर्का व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाल्पाका ४० वर्षिय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

उनि ५ दिनअगाडि भारतबाट आएर पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनि स्वास्थ्यमा समस्या आएपछि मिसन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकाे क्रममा जेठको २० गते मृत्यु भएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १६:४८