११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायकमण्डलमा अशोक खड्का मनोनित


२२ जेठ, काठमाडौँ । कोरोना भाइरस ‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित हुनुभएको छ । प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना चयन भएकामा एशियाली महादेशबाट मनोनित हुनेमा उहाँ एक मात्र भएको बताइएको छ । उहाँ ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुनुहुन्छ ।

युएस वेस्ट कोस्ट तेक्वान्दो सङ्घ पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समयअनुसार आज राति १२ बजेदेखि शुरु हुँदैछ । चारदिने प्रतियोगिता ‘जुम’ प्रविधिमार्फत हुनेछ । प्रतियोगिताबाट सङ्कलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्षसमेत रहनुभएका खड्काले जानकारी दिनुभयो ।

सहभागी खेलाडीले दर्ता शुल्कवापत १०० अमेरिकी डलर बुझाउनु पर्नेछ । उहाँका अनुसार निर्णायकले पारिश्रमिकवापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरुप प्रदान गरिनेछ । निर्णायकले प्रतिदिन १०० अमेरिकी डलरका दरले पारिश्रमिक पाउनेछन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १५:०५