८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चलचित्र विकास बोर्डकाे अध्यक्षका लागि भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस


२१ जेठ, काठमाडाैँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको छ । गत बिहीबार मन्त्रालयले दरखास्त दिनेमध्ये तीनजनाको नाम मन्त्रिपरिषद् अन्तर्गत सिफारिस गरेको हो । मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको छ । भुवन केसी, दयाराम र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । अब बस्ने मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्ष चयन गर्ने अर्यालले जानकारी दिइन् । गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ११:३२