४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

ऐन बनाउन एउटा व्यापारीमात्र रोज्दा पर्यटनमन्त्री योगेश भट्टराई व्यवसायीक संस्थाको घेराबन्दीमा


२० जेठ, काठमाडौँ । एउटा व्यापारी रोज्दा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई समस्यामा परेका छन । गुट भित्र पनि उपगुट चलाउने र पार्टीको नेताको नाम बेचेर व्यवसाय चलाएको अभियोग लागिरहेका विवादित व्यवसायी भगिरथ सापकोटालाइ ऐन बनाउने ठेक्का दिएको भन्दै १३ वटा पर्यटन सम्बन्धी संस्थाले संयुक्त विज्ञप्ति जारी गरेर निन्दा गरेका छन ।

टान, हान, नाट्टा लगायतका संस्थाका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीसँगको छलफल विना ऐन ल्याए नमान्ने बताएका छन । उनीहरूले एकलौटी ढंगले ल्याउने ऐनले केहीको स्वार्थ पूर्ति गरे पनि पर्यटन क्षेत्र ध्वस्त हुने जनाएका छन । यसअघि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का पर्यटन सम्बन्धी भ्रातृ संस्था राष्ट्रिय पर्यटन संगठनका महासचिव पूर्ण कुँवरले विज्ञप्ति निकालेर निन्दा गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार २२:५३