१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कोरोना संक्रमणबाट विश्वभर ३ लाख ७७ हजारको मृत्यु


२० जेठ, पेरिस । महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु भएको छ भने २१ लाख ६७ हजार व्यक्ति संक्रमित भएका छन् ।

फाइल फाेटाे

संयुक्तराज्य अमेरिकामा एक लाख ६ हजार ९२७ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा बेलायतमा ३९ हजार ५१ जना, इटालीमा ३३ हजार ४७५ जना, ब्राजिलमा ३० हजार ४६ जना तथा फ्रान्समा २८ हजार ८३३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १३:२८