१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

धरानको बीपी प्रतिष्ठानमा उपचाररत १८ जना काेराेना जितेर घर फर्किए


२० जेठ, काठमाडाैँ । धरानको बीपी प्रतिष्ठानमा उपचाररत १८ जना केरोना संक्रमित निको भएर घर फर्किएका छन् । सोमबार राति उनीहरूलाई प्रतिष्ठानले  डिस्चार्ज गरेकाे हाे । निकाे भएकामध्ये एक जना धरानकी महिला हुन् भने बाँकी झापाका रहेका छन् ।

धरानकी महिलालाई एम्बुलेन्समा र झापाकालाई बसमा घर पठाइएको थियो । अब प्रतिष्ठानको आइसोलेसनमा ८० संक्रमित उपचाररत छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १०:१२