१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सरिता गिरीलाई गंगाको जवाफ ‘भारतीय अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन’


१९ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद गंगा चाैधरीले राजपा नेतृ समेत रहेकी सांसद सरिता गिरीलाई कडा जवाफ दिएकी छिन । सांसद चाैधरीले सोमबार संसदको शून्य समयमा बोल्दै सरिता गिरी माथि व्यग्य गर्दै उनले संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थालेको बताइन ।

सांसद चौधरीले भनेकी छिन ‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन । नेपालमाथि भारतको दादागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन। भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे।’

केही दिनअघि सांसद सरिता गिरीले नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुअघि भारतसँग सल्लाह गर्नुपर्छ भनेर संसदमै बोलेकी थिइन । त्यसको जवाफमा गंगाले भनिन् ‘आफ्नो जमिन मेरो हो भन्‍न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १४:१७