१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बाँकेको जंगलमा माइक्रोबस दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु २२ जना गम्भीर घाइते


१९ जेठ, काठमाडाैँ । लकडाउनको समयमा बाँकेबाट यात्रु बोकेर सल्यान जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको छ । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । मध्यराति १२ बजेतिर दुर्घटना भएको बुझिएको छ । दुर्घटनामा घाइते भएकाहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार ०६:३८