१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मन्त्रिपरिषद् बैठक बस्दै, यी एजेण्डामाथि हुँदैछन् छलफल


१७ जेठ, काठमाडाैँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । शनिबार साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा कोरोना रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने बताइएकाे छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ । सरकारले पछिल्लो पटक थप १५ दिन थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १५:०३