६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एमसीसीका कारण नेकपामा पुनः तनाव, छलफलका लागि सचिवालय बैठक बस्दै


१७ जेठ, काठमाडौँ । एमसीसीका कारण नेकपामा पुनः तनाव बढेको छ । नेकपामा एमसिसी पास गर्नै हुँदैन, संशोधनसहित पास गर्नुपर्छ र जस्ताको त्यस्तै पास गर्नुपर्छ भन्ने तीन धार रहेको छ । जुन यसअघि सार्वजनिक रूपमा शीर्ष नेताहरूले दिँदै आएको धारणाबाट पनि प्रष्ट हुन्छ ।

संसदमा एमसिसीको विषय अघि बढ्ने निश्चति भएपछि छलफलका लागि सचिवालय बैठक बोलाइएको हो । नेकपाले शनिबार बिहान बस्ने गरी बैठक बोलाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्ता भएपछि बैठक तय भएको हो । बैठक शनिबार बिहान ९स् ३० बजेका बस्नेछ । नेकपाको कार्यदलले संशोधनिवना एमसिसी पास गर्न नहुने सुझाव दिएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार ०६:५३