११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

काेराेनाका कारण नेपालमा ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे


१६ जेठ, काठमाडाैँ । अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भइ  भारतबाट आउँदै गर्दा मृत्यु भएकका एक जनाको कोरोना पुष्टि भएको छ । गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

उनी अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षिय पुरुष रहेका छन् । मृतक तीपुरुषको हिजो आएको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । उनीसँगै सम्पर्कमा आएको अन्य व्यक्तिहरुको नमुना लिने काम जारी रहेको उहाँले बताउनुभयो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको  छ । ख

फाइल तस्वीर

यसअघि नेपालमा ५ जनाको नेपालमा कोरोनाका कारण ज्यान गएको थियो । नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष गरी पाँच जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १६:४९