६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

काठमाडाैँको गोंगबुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु


१६ जेठ, काठमाडाैँ । काठमाडाैँको गोंगबुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति गोगंबुमा  बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकले ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सबार दुबै जनाको ज्यान गएको हो ।

सांकेतिक तस्बिर ।

प्रहरीले दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको पुष्टि गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनामा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको जनाएको छ । मिनिट्रकका चालक पक्राउ परेका छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार ०९:५३