४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

कोरोना संक्रमण ५१ जिल्लामा फैलियो (कुन जिल्लामा कति संक्रमित ? सूचीसहित)


१५ जेठ, काठमाडौँ । कोरोना संक्रमण ५१ जिल्लामा फैलिएको छ । बिहिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहिबार थप १५६ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ । हालसम्म ५ जनाकाे मृत्यु भएकाे छ भने १८७ जना निकाे भएर घर फर्किएका छन् । जसमध्ये ९४० जना पुरूष र १०२ जना महिला रहेका छन् ।

विपि कोइराला क्यान्सर अस्पताल धरानको प्रयोगशालामा भएको परीक्षणमा २ जना पोजेटिभ दिएका छन । उनीहरू दुबै जना सप्तरीका रहेका छन । त्यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ देखिएको छ । उनीहरू सबै झापाका रहेका छन । यस्तै भरतपुर अस्पतालमा भएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ । ती व्यक्ति नवलपुरका रहेका छन ।

यस्तै केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ७७ जनामा पोजेटिभ पाइएको छ । उनीहरू मध्ये धनुषाका २९ जना, महोत्तरीका १७ जना, राैतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखुम्बुका १ जना रहेका छन । त्यस्तै सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू मध्ये बझाङका १ जना, सुर्खेतका १३ जना र दैलेखका ८ जना रहेका छन ।

मन्त्रालयका अनुसार प्रदेशिक प्रयोगशाला गण्डकीमा भएको परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ३ जना नै स्याङ्जाका रहेका छन । त्यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशलामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू सबै कैलालीका हुन । यस्तै किटजन्य केन्द्र हेटाैडाको प्रयोशालामा भएको परीक्षणमा १ जनामा पोजेटिभ देखिएको छ उनी मकवानपुरका हुन । यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना पोजेटिभ देखिएका छन उनीहरू वर्दिका ३ र बाँकेका १ जना रहेका छन । यस्तै धुलिखेल अस्पतालको प्रयोगशाामा भएको परीक्षणमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू सबै राैतहटका हुन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार २०:२४