८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रोग र भोगलाई समेट्ने गरी नयाँ बजेट आएको भन्दै पूर्वप्रधानमन्त्री माधव नेपाल खुशी


१५ जेठ, काठमाडाैँ । रोग र भोगलाई समेट्ने गरी नयाँ बजेट आएको भन्दै पूर्वप्रधानमन्त्री माधव नेपाल खुशी प्रकट गरेका छन । नेकपा बरिष्ठ नेता समेत रहेका नेपालले रोग र भोगलाई समेट्ने गरी नयाँ बजेट आएको बताए । बजेट भाषण सुनेर संसद भवनबाट बाहिरिनेक्रममा उनले बजेटले सवै क्षेत्रलाई समेटेको प्रतिक्रिया दिए ।

नेपालले भने ‘वर्तमान समस्यालाई सम्वोधन गर्ने गरी बजेट आएको छ । कोरोनाको संक्रमणको रोग र भोकमरीको भोकलाई लक्षित गरी बजेट आएको छ’, नेता नेपालले भने ‘रोजगारी, कृषि, उद्योगी, ब्यवसायीलाई लक्षित गरी बजेट आएको छ ।’ तर बजेट आन्तरिक स्रोतभन्दा बाह्य स्रोतमा बढी केन्द्रीत भएको छ । ३ खर्व रकम बैदेशिक ऋणमा आधारित छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १९:५६