१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सामाजिक सुरक्षा भत्ता यथावत् रहने, ६७ अर्ब ५० करोड विनियोजन


१५ जेठ, काठमाडाैँ । सरकारले आउँदो आर्थिक वर्षकाे सामाजिक सुरक्षा भत्ता यथावत् राख्ने भएको छ । सरकारले दिँदै अाएकाे वृद्ध, सीमान्तकृत, एकल महिला, अपाङ्गता भएका व्यक्तिको लागि सामाजिक सुरक्षा भत्ता निरन्तरता दिने भएको हो । त्यसको लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।


अर्थमन्त्री खतिवडाले सङ्घीय संसदमा नयाँ बजेट प्रस्तुत गर्दै ७० वर्ष माथिका नागरिकका लागि १ लाख रुपैयाँको निःशुल्क बीमा कार्यक्रमालई पनि निरन्तरता दिने बताउनुभएको छ । त्यसैगरी ४ लाख परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले समेट्ने अर्थमन्त्रीले घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १७:१७