६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सरकारले १० युनिटसम्मको बिजुलीकाे शुल्क नलिने


१४ जेठ, काठमाडाैँ । सरकारले १० युनिटसम्म बिजुली खपत गर्नेसँग शुल्क नलिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने उल्लेख छ ।

खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्ने विद्युत् शुल्क मिनाहा हुने भएको छ । यस्तै उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट पाउनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १७:१२