८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड तथा कोरोना नियन्त्रणका लागि ६ अर्ब विनियाेजन


१५ जेठ, काठमाडाैँ । कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि सरकारले परीक्षणको दायरा बढाउनुका साथै भरपर्दो उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले औषधि, उपकरण र उपचार सामग्रीको कम हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरेको बताए ।


यस्तै उनले स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निशुल्क बिमा गर्ने पनि जानकारी दिए । स्वास्थ्य बिमामा ७ अर्ब ५० करोड विनियोजन भएको छ । यस्तै सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ । काठमाडौँ उपत्यकामा ३ सय शय्याको सरुवारोग अस्पताल निर्माण गर्नुका साथै सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाइने मन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले सबै प्रदेश राजधानीमा ५० शैयाको अस्पताल निर्माण गर्ने पनि  बताए । त्यस्तै, सबै स्वास्थ्यसंस्थाबाट पोषणका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने बजेटमा भनिएको छ । कान्ति बाल अस्पतालमा थप आइसियू सहितको उच्चशिक्षा अध्ययन गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १६:५६