१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सरकारले आउँदो वर्षसम्म सबै रोगसँग लडेर जनजीवन सहज बनाउने


१५ जेठ, काठमाडाैँ । सरकारले आउँदाे वर्षसम्म सबै रोगसँग लडेर जनजीवन सहज बनाउने उद्देश्य लिएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले आउँदो बर्षको बजेटको उद्देश्यबारे जानकारी गराउँदै कोरोना भाइरसलगायत सङ्क्रामक रोग र अरु रोगहरुसँग लड्दै जनजीवन सामान्य अवस्थामा पुर्‍याउने बताए ।

उनले स्वास्थ्य जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायरा विस्तार गर्ने, जनशक्ति विस्तार गर्ने, सङ्क्रमण रोकथाम नियन्त्रणका लागि चालिएको कदम बढाउनेलगायत सरकारकाे उद्देश्य रहेकाे बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १६:३७