११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

थप ७९ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ९८० पुग्यो


१५ जेठ, काठमाडौँ । बिहीबार बिहानै थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । योसँगै कोरोना संक्रमण पुष्टि भएको संख्या ९८० पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप १९ जनामा कोरोना पोजेटिभ पाइएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका डा। विनोदविन्दु शर्माका अनुसार स्याङ्जामा थप ३ जनामा कोरोना पोजेटिभ पाइएको छ ।निर्देशनालयका अनुसार वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पोजेटिभ पाइएको छ । पोजेटिभ देखिएका सबै भारतबाट आएका हुन ।

यस्तै प्रदेश २ मा बिहीबार बिहान ७६ जनामा कोरोना पोजेटिभ पाइएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनलयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको नमुना परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हत्र । निर्देशनालयका अनुसार सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, महोत्तरीमा १७ जना, धनुषाका २९ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ०९:४०