१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

राष्ट्रिय सहमतिका साथ संविधान संशाेधन गराउने मन्त्री अर्यालको प्रतिवद्धता


१४ जेठ, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गराउने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार सामाजिक सञ्जालमा संविधान संशोधनमा कांग्रेसको इशारामा सरकार पछि हटेको भन्दै तीव्र आलोचना भएपछि मन्त्री अर्यालले राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत नै भन्नुभएको छ ‘संसदमा दर्ता भएको निशान छाप परिवर्तनको विषयमा संविधान संशोधनको प्रस्ताव राष्ट्रिय सहमति कायम गर्न केही समय पछाडि सार्नुलाई अन्यथा लिनु हुँदैन। उक्त विषय सबैको सहमतिमा नै पारित हुने कुरामा म बिश्वास दिलाउन चहान्छु।’

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार २१:०७