१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

स्वास्थ्य मन्त्री ढकालद्धारा सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग भिडियो कन्फ्रेन्सबाट छलफल


१३ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा छलफल गर्नुभएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्नुभएको हो । सामाजिक विकासमन्त्रीहरूसँगको छलफल अहिले पनि जारी रहेको छ ।

छलफलमा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रीको स्वास्थ्य सल्लाहकार डा खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र मन्त्रालय अन्तर्गको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी सहभागी रहेका छन । छलफमा अहिले पनि जारी रहेको छ । कोरोना नियन्त्रण र रोकथामको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा स्वास्थ्यमन्त्री ढकालले प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गरिरहनु भएको बुझिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १९:३३