१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

काेराेना कहरः चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने


१३ जेठ, काठमाडौँ । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा सीमित रहने भएको छ । प्रतिनिधि सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिनुभयाे ।

पछिल्ला ३ वर्षमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको स्मरण गर्दै र्थमन्त्री खतिवडाले सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेकोमा  काेराेना महामारीका कारण त्याे सम्भव नहुने बताउनुभयाे । सरकारले जेठ १५ गते बिहीवार आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दैछ ।

 

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १५:००