१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल कम्युनिस्ट पार्टीको नुवाकोट-रसुवाका संस्थापक अर्जुन भण्डारीको निधन


१३ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट-रसुवाका संस्थापक अर्जुन बहादुर भण्डारीको निधन भएको छ । भण्डारीको विदुर नगरपालिका वडा नम्बर ९ आँकुवटारमा सोमबार राति ८ः१५ बजे निधन भएको नेकपाका नेता पुष्प लामिछानेले जानकारी दिएका छन । भण्डारी गम्भीर बिरामी भएपछि केही दिनअघिमात्र काठमाडाैँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो तर अवस्था नाजुक बनेपछि सोमबार नै नुवाकोट ल्याइएको थियो ।

भण्डारी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौम) का संस्थापक सदस्य हुन । उनी २०३८ सालमा नुवाकोट र रसुवा (सेक्रेटरी) जिल्लाका भएका थिए । २०४८ सालमा नेकपा (एकता केन्द्र) हुँदै २०५१ सालदेखि नेकपा माओवादी को बिभिन्न स्तरको नेतृत्व गरेका नुवाकोटको जुझारु एवम क्रान्तिकारी नेतृत्व थिए भण्डारी । भण्डारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय जेष्ठ कम्युनिष्ट मन्चका प्रस्तावित सदस्य समेत हुन ।

२०४२ सालको बमकाण्डमा पक्राउ परेका भण्डारी तत्कालीन निरकुश पन्चायति शाषकबर्गको चरम शारीरिक यातना र जेल-नेलका कारण बिगत लामो समयदेखि नसाको रोगबाट पीडित रहेका थिए । भण्डारीको निधनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पुरानो पुस्ताको एक सशक्त,जुझारु र क्रान्तिकारी नेतृत्वलाई गुमाएको लामिछानेले बताएका छन । उनले भण्डारीको निधनले नुवाकोटको कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको बताएका छन । भण्डारीको श्रीमिति, एक छोरा र एक छोरी रहेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १०:०६