८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सामाजिक सुरक्षा भत्ता कटाैती होइन दायरा थप फराकिलो पारिनेछः प्रधानमन्त्री ओली


१२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तामा कटौती नहुने प्रष्ट पार्नुभएको छ । देशबासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो । केही दिनयता सामाजिक सञ्जालमा सामाजिक सुरक्षा भत्ता कटौती गर्न लागेको भन्दै सरकारलाई ज्ञापनपत्रसमेत बुझाउने काम भएको थियो ।

‘यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन । सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १९:००