१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

थप ६ जनामा काेराेना संक्रमण, जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि काेराेना पुष्टि


१२ जेठ, काठमाडाैँ । नेपालमा थप ७ जनामा काेराेनाकाे संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार अछाम, बर्दिया, पर्साका र बाराका गरि थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौँ घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् । याेसँगै काेराेना संक्रमितकाे संख्या ७८२  पुगेकाे छ । निकाे भएर घर फर्कनेकाे संख्या ११२ पुगेकाे छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १६:४६