८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


१२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुनुभएकाे छ । कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लाग्नुभएकाे उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । सल्लाहकार थापाका अनुसार साँझ ५:३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा संबाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

फाइल फाेटाे

सम्बाेधनकाे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणकाे व्यवस्था गरिएकाे समेत सल्लाहकार थापाले जानकारी दिनुभयाे । लकडाउन शुरू भएपछि यसअघि पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १५:३४