१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आफ्नै कारलाई एम्बुलेन्स बनाएर नि:शुल्क सेवा दिइरहेका समाजसेवीलाई नै काेराेना संक्रमण


१२ जेठ, काठमाडाैँ । आफ्नै कारलाई एम्बुलेन्स बनाएर  बिरामीहरूलाई नि:शुल्क सेवा दिइरहेका काठमाडौँकाे  बूढानीलकण्ठका एकजना समाजसेवीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

लकडाउन सुरु भएपछि उनले आफ्नो निजी कारलाई एम्बुलेन्समा परिणत गरेर बिरामीलाई नि:शुल्क अस्पतालसम्म ल्याउने लाने गर्दै आएका थिए। बूढानीलकण्ठ नगरपालिकाका अनुसार उनले लकडाउन भएयता निरन्तर बिरामीलाई नि:शुल्क आफ्नो कारमा राखेर अस्पतालसम्म पुर्‍याउने गरेका थिए। उनले लकडाउनको अवधिमा सबै खर्च आफैंले ब्यहोरेर २ हजारभन्दा धेरैको सेवा गरेका थिए।

उनलाई टेकु अस्पतालको आइसोलेसनमा लाने तयारी भएको छ। त्यसैगरी सोमबारै काठमाडौँको टोखा नगरपालिका-३ र ६ का २७ र ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १३:२०