७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

‘एकता र अखण्डता भाँड्ने नियतले पूर्वराजाको तस्बिर अंकित नोटमा प्रतबन्ध’


११ जेठ, काठमाडौँ । संविधानविद् डा भिमार्जुन आचार्यले नेपाल राष्ट्र बैंकको एउटा परिपत्रको नियतमाथि प्रश्न उठाएका छन । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइन रु भन्ने प्रश्न गरेका छन ।

आचार्यले भनेका छन ‘पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइनरुआखिर यस्ता नोटहरुलाई यही समयमा निषेध गर्नु पर्ने टड्कारो के थियोरु यो पक्का हो यो मुलुकमा एउटा यस्तो तप्का छ जसले कहिल्यै देशको एकता र अखण्डता चाहदैन।’

आइतबारदेखि नै लागू हुने गरी नेपा राष्ट्र बैंकले ९ बुँदे परिपत्र जारी गर्दै पुराना नोटको व्यवस्थापनाको सन्दर्भमा पूर्व राजाको तस्बीर अंकित प्रयोगमा नपठाउन निर्देशन दिइएको छ । राष्ट्र बैंकले परिपत्र मार्फत तत्कालीन राजाहरुका तस्बिर अंकित नोट निष्काशन र पुनःप्रयोगमा नल्याउन निर्देशन दिएको हो ।

परिपत्रमा भनिएको छ ‘झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई विग्रेको नोटमा रहेका अक्षर अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रंग लागेको, लेखिएको,कोरिएको, मेटिएको, च्यातिएको वा तत्कालीन राजाको तस्वीर अंकित नोटलाई पुनस्निष्काशन अयोग्य नोटको रुपमा बर्गीकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीको लागि पठाउन हुँदैन।’ राष्ट्र बैंको पूरै निर्देशन तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार २१:०७