१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अब पूर्व राजाको तस्वीर अंकित नोट नचल्ने, यस्तो छ राष्ट्र बैंकको ९ बुँदे परिपत्र


११ जेठ, काठमाडाैँ । अब पूर्व राजाको तस्वीर अंकित नोट नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले अाइतबार ९ बुँदे परिपत्र जारी गर्दै तत्कालीन राजाको तस्वीर अंकित कुनै पनि नोट प्रयोग नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकले परिपत्र मार्फत  तत्कालीन राजाहरुका तस्बिर अंकित नोट निष्काशन र पुनःप्रयोगमा नल्याउन निर्देशन दिएको हो ।

परिपत्रमा भनिएको छ ‘झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई विग्रेको नोटमा रहेका अक्षर अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रंग लागेको, लेखिएको,कोरिएको, मेटिएको, च्यातिएको वा तत्कालीन राजाको तस्वीर अंकित नोटलाई पुन:निष्काशन अयोग्य नोटको रुपमा बर्गीकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीको लागि पठाउन हुँदैन।’ राष्ट्र बैंको पूरै निर्देशन तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार २०:५०