१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नायिका वर्षालाई नेपाली भूमिको भन्दा बढी भारतीय साथीको चिन्ता, सामाजिक सञ्चालमा चर्को आलोचना


११ जेठ, काठमाडाैँ । कुनै पनि देशको नागरिक राष्ट्रियताको पक्षमा बोल्नुपर्दा अठोट र दृढ संकल्पका साथ राष्ट्रियतालाई शिरमा राखेर बोल्नु पर्ने हुन्छ । पछिल्लो समय भारतलाई आफ्नो कर्म क्षेत्र बनाईरहेकी मनिषा कोईरालाले पनि त्यहि गरिन् । भारतमै रहेर उनले नेपालको लिपुलेक र आफ्नो देशका पक्षमा खुलेर बोलिन् ।

सम्पूर्ण भारतीय मिडिया र भारत उनको पछि लाग्दा उनी कत्तिपनि डराईनन् । किनकी सम्पूर्ण नेपाली उनको पक्षमा उभिएका छन् । तर, यतिखेर प्रसंग अर्कै छ, नायिका बर्षा राउत ठिक उल्टो निस्किएकी छन् । पछिल्लो समय नेपाली फिल्ममा राम्रै सफलता पाईरहेकी उनलाई एकासी भुत प्रेत चढेको (अन्धविश्वासको भाषामा) जस्तै असमान्य तरिकाले अभिव्यक्ति दिन थालेकी छन् ।

अर्थात उनले आफ्नै देश नेपालको राष्ट्रियताको विपरित गएर बेतुकको अभिव्यक्ति दिएकी छन् । सेलेब्रेटी वा सामाजिक भईसकेका जिम्मेवार व्यक्ति वा कुनै पदमा रहेका व्यक्तिले राष्ट्रिययताको पक्षमा बोल्दा धेरै सोच बिचार गरेर बोल्नुपर्ने हुन्छ । तर, बर्षाको यतिखेरको अभिव्यक्ति सुन्दा लाग्छ उनलाई नेपालको लिपुलेकको विषय उनको झोलाबाट एउटा लिपिष्टीक हराएको जस्तो मात्र भएको छ । उनको अभिव्यक्ति अनुसार उनलाई नेपालको माया हैन इन्डियन फ्रेण्डको माया बढि लागेको बुझ्न सकिन्छ ।

तस्बीरः गुगल खोजी ।

मानौं की उनले भारतीय सुपरस्टार सलमान खानसँग सधै डेट गर्ने गरेकी छन् । भारतीय मिडियाले मनिषा कोईरालाई गालि गलौंज गरिरहँदा त्यस विषयमा बोलेका नेपाली मिडियाले गर्दा उनले सलमान खानसँग कुरा गर्न नपाएको जस्तो अनावश्यक बेतुकको अभिव्यक्ति दिएकी छिन् । उनी खुलेआम भारत र ईण्डियन फ्रेण्डको पक्षमा उभिएकी छन् ।

उनले एक अन्तर्वातामा भनेकी छन्, भारतका मिडिया र नेपालका मिडियाले गर्दा भारतको फ्रेण्डसँग फेस गर्न गाह्रो भो । लिपुलेकको विषय त टेबल टक गरेर पो मिलाउने हो यसरी झगडा गरेर/गराएर हुन्छ । बर्षा राउत यहाँ देशको प्रतिष्ठा र माटोको सवाल छ ।

लिपुलेक तिम्रो ब्याग बाट हराएको लिपिष्टिक हैन, सामान्य तरिकाले लिनलाई । यहाँ देशको चिन्ता छ, तिमीलाई राम्रैसँग थाहा हुनुपर्छ । भारतीय नायक रितिक रोशनले नेपालको वारेमा गलत प्रतिक्रिया दिदाँ नेपालमा उनको पोष्टर जलाईयो । नेपालमा भएका रहेका भारतीयमाथी अभद्र व्यवहार भयो ।

उनको तस्वीरमा जुत्ताको माला लगाईयो । के तिमी अब यसका लागि तयार छौं ? हैन भने यो अभिव्यक्ति दिनुभन्दा अगाडी तिमीले किन सोच्न सकिनौं की तिमी नेपाली हौं । सलमान तिम्रो साथी भएपनि यतिखेर त्यो महत्व हुदैन । बर्षा जी आखिर हैसियत जति छ त्यति नै बोल्ने हो सबैले ।

त्यति नै सोच्ने हो सबैले । यहि भन्न थालेका छन् दर्शकले । दर्शकले लिपुलेक देऊ बरु बर्षा राउत लैजाऊ भन्न थालेका छन् । दे छोड् भन्न थालेका छन् । जुत्ताको माला लगाउन पर्छ भन्न थालेका छन् । के बर्षाले यस विषयमा पनि अभिव्यक्ति दिन सक्नेछिन् त ? के दर्शकको कुरा मान्न तयार छिन् ? त्यो भने कुर्नै पर्ला ।  फिल्मी फण्डासँगको सहकार्य

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १०:२७