१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल भष्टाचार आरोपमा पक्राउ


१० जेठ, काठमाडाैँ । पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँ स्वदेश फर्किनुभए लगत्तै पक्राउ गरिएको थियो । उहाँले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा बताउनुभएको छ ।

एटेले भन्नुभयो, “घटनामा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन् । उहाँलाई छानविनका लागि पक्राउ गरिएको हो ।” पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गर्नुभएको छ ।

ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ । उहाँलाई दुई हप्ता क्वारेन्टिनमा बस्न घर जानका लागि शनिबार नै रिहा गरिने बताउनुभयो । लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट विदा दिनुभएको थियो । उहाँलाई न्युगिनीको राजनीतिमा प्रतिभावान प्रसिद्ध राजनितिज्ञका रूपमा हेर्ने गरिन्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार २१:४७