Logo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुखित



१० जेठ, काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य राजबहादुर चन्दको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । वरिष्ठ अधिवक्तासमेत रहनुभएका चन्दको शुक्रबार राति बैतडीको पाटन नगरपालिका–४ स्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व चन्दले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताउनुभएको छ । विसं २०३६ देखि नेविसङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका स्व चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार २१:३२
प्रतिक्रिया दिनुहोस्