१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपालमा भारतीय मिडियाको प्रशारण बन्द गर्न नेपाली पत्रकारको माग


९ जेठ, काठमाडाैँ । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य समेत रहेकी पत्रकार श्वेता सिन्हाले भारतीय मिडियनको प्रसारण नेपालमा बन्द गराउन माग गरेकी छिन । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा निजी बिचार भन्दै कालो ब्यानरमा एउटा स्टाटस लेख्दै पत्रकार सिन्हाले भारतीय मिडियाले नेपालको मानहानी गरेको बताएकी छिन । उनले भरतीय मिडियाले पत्रकारिता नगरेको बताएकी छिन ।

उनले भनेकी छिन ‘भारतीय मिडियाले नेपालकाे मानहानी गरेकाे छ ।यसकारण ती मिडियाकाे प्रसारण नेपालमा बन्द गरिनु पर्छ । भारतीय मिडियाले पत्रकारिता गरेका नै हाेईनन् । #निजी विचार#’ सिन्हाको जस्तै अन्य धेरै पत्रकारले पनि यस्तो माग गरेका छन । उनीहरूले नेपाल र नेपालीको अपमान गर्ने त्यस्तता मिडियाको प्रशारण नेपालमा अावश्यक नहरेको बताएका छन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार २१:५६