७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सैनिक विद्यालयमा करोडाैँ भ्रष्टाचार, महासेनानी भुपालमान अधिकारी बर्खास्त


९ जेठ, काठमाडाैँ । नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय भक्तपुरमा करोडाैँ भ्रष्टार भएको पुष्टि भएको छ । समरी जनरल सैनिक अदालतले शुक्रबार सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमिततामा संलग्न रहेको प्रमाणित गर्दै महासेनानी भुपालमान अधिकारीलाइ बर्खास्त गरेपछि भ्रष्टाचार प्रमाणित भएको हो । अदालतले अधिकारीसँग १ करोड ८५ लाख असुल उपर गर्ने फैसला समेत सुनाएको छ ।

त्यस्तै अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा दोषी ठहरिएका प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई वर्ष बढुवा रोक्का तथा ४ लाख असुल उपरको फैसला पनि गरेको छ । सेनाले भक्तपुरस्थित सैनिक विद्यालयको प्रशासनमा कार्यरत १८ जनामाथि अनुसन्धान भएको थियो । जसमध्ये १३ जनाले अदालतबाट सफाई पाएका छन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार २२:५२