७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भक्तपुरसहित विभिन्न जिल्लाका ९ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५१६ पुग्यो


थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पछिल्लो पटक ९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५१६ पुगेको छ । पछिल्लो पटक भक्तपुरका एक जना ४२ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै मकवानपुरकी ५४ वर्षीया महिला र सप्तरीका ३५ वर्षीय पुरूषमा पनि कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै बारामा ६ जना पुरूष २२, २७, ३०, ३४, ३८, ४५ वर्षका रहेका छन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार २०:४३