८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मनिषा कोइराला र सरिता गिरीको फरक एउटाले कर तिरिन अर्कीले कर खाइन !


९ जेठ, काठमाडौँ । अहिले दुइ पात्र चर्चामा रहेका छन । एक जना अभिनेत्री मनिषा कोइराला र अर्को जना राजपाकी नेतृ सरिता गिरी । एक जना नेपाली भूमिको माया गर्ने र अर्को नेपाली भूमि भारतलाइ दिनुपर्छ भनेर । सरिता गिरी विगतदेखि नै नेपाल र नेपाली भूमिमा भारत हस्तक्षेप स्वीकार्नुपर्छ भन्नेमा उदार छिन । उनको यही स्वभाव र प्रवृतिको कारण नेपाली राजनीतिमा राम्रो छाप छाड्न सकिनन् ।

बरू सधैँ विवादित बनिन् । यसअघि श्रम तथा रोजगार मन्त्री बनेको बेलामा भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि बर्खास्तमा परिन । तीनै गिरी अहिले नेपालले आफ्नो कालापानी लगायतको भूमि समेटेर नयाँ नक्सा जारी गरेकोप्रति रोदन प्रस्तुत गरिरहेकी छिन ।

मनिषा कोइरालाले भारतलाइ कर्मभूमि बनाएर पनि जन्मभूमि नेपालको बारेमा चिन्ता गरिरहेकी छिन । उनले नयाँ नक्सा जारी गर्ने सरकारलाइ बधाइ र धन्यवाद दिँदा भारतीयबाट कति गाली खाइन त्यसको कुनै हिसाबकिताब नै छैन । तर यही बेलामा सरिता गिरी भने ठीक उल्टो तरिकाले नेपाल राष्ट्रियता र स्वभिमानको विरूद्धमा अभिव्यक्ति दिइरहेकी छिन ।

यस्तै चलिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले एउटा यथार्थपरक सन्देश दिएका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत मनिषा र सरिताको भिन्नताको कुरा गरेका छन । उनले भनेका छन ‘मनिषा कोइराला कमाईको कर तिरिन् माननीय सरिता गिरीले कर खानु भो फरक यत्ति हो।’

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराइले भ्रष्टाचारको वात लगाएर मन्त्रीबाट बर्खास्त गर्नुअघि नै तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हारगुहार गरेर पद जोगाउन खोजेकी पनि गिरी असफल भएकी थिइन । त्यसपछि उनी मुलधारको राजनीतिमा कहिल्यै राम्रोसँग झुल्किन सकिनन् । उनै सरिता केही दिन नेपाली राष्ट्रियता र स्वाभिमानको विषय तात्दा तनावमा देखिएकी छिन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १५:५३