Logo

मन्त्रिपरिषद बैठकका यस्ता छन् निर्णय



९ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक भएकाे छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सैद्धान्तिक रूपमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बताए ।

आजैको बैठकले संविधानको अनुसूची ३ मा रहेको निशान छापलाई संशोधन गर्नका लागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही नक्सा अनुसार निशान छाप संशोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।

आजैको बैठकले यसअघि सरकारले खारेज गरेको दल विभाजन खुकुलो बनाउने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई ध्यानमा राखी साविककै व्यवस्था जगाउने प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १४:५९
प्रतिक्रिया दिनुहोस्