१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सरकारको अर्को ऐतिहासिक कदमः संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय


९ जेठ, काठमाडाैँ । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउने अभियान तीव्र पारेको सरकारले जारी भएको नयाँ नक्साको कार्यान्वयनका लागि संविधान संशोधन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले जेठ १३ गतेको संसद बैठक अघि नै संविधान संशोधन गर्ने प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । सरकारले तीन दिन अघि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । जारी गरेको उक्त नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा लाने निर्णय भएको हो । संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गरेपछि नेपालको नयाँ नक्सा पूर्ण रूपमा कार्यान्वयन हुनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १२:५९