७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रसुवासहित ५ जिल्लामा फेरिए प्रजिअ


९ जेठ, काठमाडाैँ । गृह मन्त्रालयले रसुवासहित ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको छ। रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअ फेरिएका हुन्।

हरि पन्त रसुवाको प्रजिअ बनाएर पठाइएका छन् भने त्यहाँका प्रजिअ अर्जुन भण्डारीलाई गृह मन्त्रालयमा ल्याइएको छ। यस्तै सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरिएको छ भने प्रजिअ वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याएको छ।

भोलिदेखि अनिवार्य अवकाश हुन लागेका लमजुङका प्रजिअ लक्ष्मण खड्काको ठाउँमा गृह मन्त्रालयका कृष्णप्रसाद शर्मालाई पठाइएको छ। बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ल्याइएको छ भने त्यहाँ कृष्ण गैरेलाई पठाइएको छ।

बैतडीको प्रजिअ मोहन जोशीलाई बनाइएको भने त्यहाँका आनन्द पौडेललाई राष्‍ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा ल्याइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १०:३८