७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चितवनकाे भरतपुरका २ जनामा काेराेना संक्रमण पुष्टि


९ जेठ, काठमाडाैँ । चितवनकाे भरतपुरका २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । चितवनको भरतपुर अस्पतालमा गरिएकाे परिक्षणमा उनिहरूमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । भारतबाट आएका उनहरू भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दम्पती हुन् ।

उनीहरु चितवनबाट भारत गई क्यान्सरको उपचार गराएर जेठ १ गते फर्किएका थिए । कोरोना संक्रमण भएका पुरुष ७४ बर्षका छन् भने महिला ७३ वर्षकी छन् । उनीहरुसँगै भारत गएका छोरामा भने कोरोना संक्रमण देखिएको छैन । उनीहरु दुई साता अघि भारतबाट आएका थिए । उनीहरुलाई भरतपुर कोरोना अस्पतालमा राखिएको छ । उनीहरुको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

उनिहरू शुक्रबार विहान थपिएका ३० जना संक्रमितमध्येका हुन् । जसमध्ये १५ जना सर्लाहीका रहेका छन् । बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो। योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ। आजै बाँकेका पहिलो कोरोना संक्रमितसँगै २९ जना निको भएका छन्।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार ०९:५०